PahiloPost

May 16, 2026 | २ जेठ २०८३

पहिलो लक्ष्य सेमिफाइनल, त्यसपछि टाइटल : बालगोपाल महर्जन



पहिलोपोस्ट

पहिलो लक्ष्य सेमिफाइनल, त्यसपछि टाइटल : बालगोपाल महर्जन
नेपालका प्रशिक्षक बालगोपाल महर्जन र कप्तान विराज महर्जन, फोटो : एन्फा

काठमाडौँ : बंगलादेशको ढामा भोलीदेखि सुजुकी साफ कप फुटबल आयोजना हुँदैछ। प्रतियोगितामा दक्षिण एसियाका ७ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्।

आयोजक बंगलादेश रहेको समूह ए मा नेपाल, पाकिस्तान र भुटान भन् भने समूह बी मा भारत, माल्दिभ्स र श्रीलंका छन्।

पहिलो दिन नेपालले पाकिस्तानसँग खेल्दैछ। सोमवार भएको प्रिम्याच कन्फ्रेरेन्समा नेपालका प्रशिक्षक बालगोपाल महर्जन आफूहरु उपाधि जित्नै नै ढाकामा रहेको बताएका छन्। 'हामी यहाँ उपाधि जित्नलाई आएका छौँ। हाम्रो पहिलो टार्गेट सेमिफाइनल पुग्नु हो त्यसपछि उपाधि जित्ने हो।' महर्जनले भने 'हाम्रो टिममा एक जना (सुमन अर्याल) छन् हाम्रो खेलाडीहरुले धेरै मेहनत गरेका छन् र आफ्नो बेस्ट दिन तयार छन्।'

नेपाल र पाकिस्तानबीच २०१८ साफको उद्घाटन खेल दिउँसो ४ बजे हुनेछ। भोली नै आयोजक बंगलादेश र भुटानबीच दोस्रो खेल हुनेछ।

प्रतियोगिताको सम्पूर्ण खेलहरु ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा हुनेछ। दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

नेपाल अहिलेसम्म साफको फाइनलमा पुग्न सकेको छैन। सन् २०१३ मा काठमाडौँमै भएको साफमा नेपाल सेमिफाइनलमा पुगेको थियो भने २०१५ मा भारतमा भएको पछिल्लो साफमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell