बैतडी अरिङगालको टोकाइबाट सोमबार एक बालिकाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।
अरिङगालको टोकाइबाट पाटन नगरपालिका–४ चिल्लेपानीका तीन वर्षीया सम्झना लुहारको मृत्यु भएको हो। बारीमा मकै भाचिँरहेका बेला उनलाई अरिङ्गालले टोकेको हो। स्थानीयवासी राजेन्द्र विष्टका अनुसार अरिङगालको टोकाइबाट पाँच वर्षीया दीपा लुहार र नौ वर्षीय जगदीश लुहार रहेका छन्। रासस