
एसिया कप छनोट प्रतियोगिता अन्तर्गत नेपाल र हङकङबीच खेल भइरहेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको छ। ओपनर सुवास खकुरेल शून्य रनमै आउट भएका छन्। पहिलो बलमै सुवास तनवीर अफजलको बलमा बोल्ड भएका हुन्।
पहिलो ओभरमा नेपालले २ रन जोड्दा १ विकेट गुमाएको हो।
८औँ ओभरको अन्तिम बलमा कप्तान पारस खड्का व्यक्तिगत १४ रनमा आउट भएका छन्। नेपालले आठ ओभरमा २ विकेट गुमाएर २३ रन जोडेको छ।
नेपाल र हङकङ दुबै टोली स्पष्ट जितका लागि मैदानमा उत्रदैछन्। आजको खेल हार्ने टोलीको छनोट यात्रा टुङ्गिनेछ।
नेपाललाई जितमात्र पर्याप्त हुने छैन। राम्रो रनरेटमा जित्नुपर्ने बाध्यता नेपालसामु छ। नेपालको फाइनल यात्रा तय हुन आजै हुने अर्को खेलमा ओमानले युएईलाई हराउनुपर्नेछ। नेपाललाई पराजित गरेमा हङकङको फाइनल यात्रा करिब निश्चित छ।
छनोट अन्तर्गत अहिले ओमान र युएईबीचको खेल भइरहेको छ।
सहभागी ६ मध्ये आयोजक मलेसिया र सिंगापुर फाइनल होडबाट बाहिरिइसकेका छन्। बाँकी चार टिम फाइनल पुग्ने सम्भावना कायमै छ । तर कुनै पनि टिमले फाइनलमा स्थान सुरक्षित गरिसकेका छैनन्।
नेपालले यसअघि ओमान र युएईसँग पराजित भएको थियो। भने मलेसियाला र सिंगापुरलाई हराएको थियो।