PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

स्कुटर नहरमा खस्दा चितवनमा एक जनाको मृत्यु



पहिलोपोस्ट

स्कुटर नहरमा खस्दा चितवनमा एक जनाको मृत्यु

चितवनः स्कुटर नहरमा खस्दा एक जनाको मृत्यु भएको छ भने एक व्यक्ति बेपत्ता भएका छन्।

भरतपुर महानगरपालिका–७ तेह्रसाल चोकमा गएराति स्कुटर नहरमा खस्दा सोही महानगरपालिका–४ का ४७ वर्षीय भविश्वर भण्डारीको मृत्यु भएको हो। स्कुटरमा सवार अर्का व्यक्ति नहरमा बगेर बेपत्ता भएका छन्। उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भरतपुरको पेन्सन क्याम्पबाट तेह्रसाल चोकतर्फ आउँदै गरेको ना ३४ प ९९४१ नम्बरको स्कुटर पुल तर्ने क्रममा नहरमा खसेको थियो। भण्डारीको शव नहरबाट ५० मिटर टाढा फेला परेको थियो। बेपत्ता भएका व्यक्तिको खोजी भइरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell