PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

रोकिएन नेपालको खराब प्रदर्शनः ५५ रनमै ५ विकेट गुम्यो, पारस र ज्ञानेन्द्र दुबै आउट



पहिलोपोस्ट

रोकिएन नेपालको खराब प्रदर्शनः ५५ रनमै ५ विकेट गुम्यो, पारस र ज्ञानेन्द्र दुबै आउट

काठमाडौँः मलेसियामा जारी एसिया कप छनोट प्रगियोगितामा नेपाल र हङकङबीचको खेल जारी छ। पहिलो ओभरदेखि नै विकेट गुमाउन सुरु गरेको नेपालको खराब प्रदर्शन जारी छ। नेपालले ५५ रन जोड्दा दुई ओपनरसहित महत्वपूर्ण ५ विकेट गुमाएको छ।

नेपालले १९ ओभरमा ५ विकेट गुमाएर ५५ रन जोडेको छ।  

ओपनरद्वय सुवास खकुरेल र अनिलकुमार साह तथा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्रसिंह एेरीको विकेट नेपालले गुमाइसकेको छ। 
जित्नैपर्ने दबाबपूर्ण खेलमा नेपालको मध्यक्रमको ब्याटिङ पनि सम्हालिन सकेन।

ओपनर खकु्रेल शून्यमा आउट हुँदा अनिलले १५ रन जोडेका छन्। कप्तान खड्काले व्यक्तिगत १४ रन बनाउँदा मल्ल १२ रनमा आउट भएका छन्। एेरीले २ रन बनाएका छन्।

नेपाल र हङकङ दुबै टोली स्पष्ट जितका लागि मैदानमा उत्रिएका छन्। आजको खेल हार्ने टोलीको छनोट यात्रा टुङ्गिनेछ।

नेपाललाई जितमात्र पर्याप्त हुने छैन। राम्रो रनरेटमा जित्नुपर्ने बाध्यता नेपालसामु छ। नेपालको फाइनल यात्रा तय हुन आजै हुने अर्को खेलमा ओमानले युएईलाई हराउनुपर्नेछ। नेपाललाई पराजित गरेमा हङकङको फाइनल यात्रा करिब निश्चित छ। 

छनोट अन्तर्गत अहिले ओमान र युएईबीचको खेल पनि भइरहेको छ। 

सहभागी ६ मध्ये आयोजक मलेसिया र सिंगापुर फाइनल होडबाट बाहिरिइसकेका छन्। बाँकी चार टिम फाइनल पुग्ने सम्भावना कायमै छ । तर कुनै पनि टिमले फाइनलमा स्थान सुरक्षित गरिसकेका छैनन्।

नेपालले यसअघि ओमान र युएईसँग पराजित भएको थियो। भने मलेसियाला र सिंगापुरलाई हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell