PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

धनुषामा अज्ञात समूहद्वारा एक युवामाथि गोली प्रहार



पहिलोपोस्ट

धनुषामा अज्ञात समूहद्वारा एक युवामाथि गोली प्रहार

धनुषाः धनुषामा सोमबार राति गोली चलेको छ। अज्ञात समूहले एक युवकमाथि गोली चलाएको हो।

मोटरसाइकलमा रहेका लक्ष्मिनिया ६ का ३५ वर्षीय सञ्जय शर्मामाथि गोली चलाइएको हो। गोली लागेर शर्मा घाइते भएका छन्। उनको दाहिने कोखामा एक गोली लागेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी गोविन्द थपलियाले जानकारी दिए। थपलियाले गोली चलाउनेको खोजी भइरहेको बताए।

घाइते शर्माको जनकपुर अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं पठाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell