PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

डाक्टरहरुको आन्दोलन भदौ २५ सम्मका लागि स्थगित 



पहिलोपोस्ट

डाक्टरहरुको आन्दोलन भदौ २५ सम्मका लागि स्थगित 

काठमाडौं : नेपाल चिकित्सक संघले जारी आन्दोलन स्थगित गरेर सरकारलाई २५ गतेसम्मको अल्टिमेटम दिएको छ। हिजो सोमवार स्वास्थ्य मन्त्रालयले ऐन संशोधन गर्ने प्रतिवद्धता जनाएपछि संघले आफ्नो आन्दोलन स्थगित गरेको हो।

२५ गतेसम्ममा संदमा संशोधन प्रस्ताव दर्ता नगरे २६ गतेबाट देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका अन्य सेवा बन्द गर्ने संघले चेतावनी दिएको छ।

भदौ १ गतेबाट आन्दोलन सुरु गर्ने भनेका डाक्टरहरुले ऐन संशोधन गर्ने लिखित प्रतिवद्धता आएपछि १५ दिन आन्दोलन पछि सारेका थिए। १५ दिनसम्म सरकारले केही सकरात्मक प्रतिक्रया नदिएपछि उनीहरुले आइतबारबाट आन्दोलन शुरु गरेका थिए। आन्दोलन शुरु गरेको साँझ स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थामा हड्ताल गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको थियो। तर, त्यसको दोस्रो दिन स्वास्थ्य मन्त्रालयले ऐन संशोधन गर्ने प्रतिवद्धता गरेपछि डाक्टरहरुले आफ्नो आन्दोलन स्थगित गरेका हुन्।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell