PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

एसिया कप छनोट : सन्दीपले ५ विकेट लिए पनि नेपालले हार टार्न सकेन, हङकङ फाइनल नजिक



पहिलोपोस्ट

एसिया कप छनोट : सन्दीपले ५ विकेट लिए पनि नेपालले हार टार्न सकेन, हङकङ फाइनल नजिक
फोटो : एसीसी

काठमाडौँ : एसिया कप छनोटअन्तर्गत लिगको अन्तिम खेलमा नेपालले हङकङसँग ३ विकेटले पराजित भएको छ। नेपालले दिएको ९६ रनको सामान्य लक्ष्य हङकङले ३२.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो।

युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर पनि ब्याटिङ गर्न सकेन। हङकङका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल ३७.५ ओभरमै ९५ रनमा अलआउट भयो।

नेपालको लागि आरिफ शेखले १८, ओपनर अनिल कुमार शाहले १५, कप्तान पारस खड्काले १४ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले १२ रन बनाए।

सागर पुन ७ तथा दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने २-२ रन बनाएर आउट भए। ओपनर सुबास खकुरेल र सोमपाल कामीले खाता समेत खोल्न सकेनन्। बसन्त रेग्मी १५ रनमा नटआउट रहे।

नेपाललाई अलआउट गर्न हङकङका एहसान खानले ७.५ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर ४ विकेट लिए। यस्तै तनवि अफजल र अइजाज खानले २-२ विकेट लिए।

हङकङलाई प्रतियोगितामा तेस्रो जित दिलाउन कप्तान अंशुमन राथले अर्धशतकिय पारी खेले। ८२ बल खेलेका रथले ३ चौका र १ छक्काको मद्दतमा ५२  रन बनाए। यस्तै किन्चित शाहले ११ रन योगदान गरे। हङकङका अन्य खेलाडीले दोहोरो अंक छुन नसकेपनि नेपालले कम स्कोर बनाएका कारण डिफेण्ड गर्न सकेन।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए। १० ओभर बलिङ गरेका सन्दीपले २ मेडन राख्दै २७ रन खर्चेर ५ विकेट लिएका हुन्। लिस्ट ए क्रिकेटमा सन्दीपको यो खोस्रो उत्कृष्ट प्रदर्शन हो। उनले  केनया विरुद्ध गत फेब्रुअरुमा नामिबियामा भएको डिभिजन टू मा १० ओर बलिङ गर्दा ५ मेडन राख्दै २० रन खर्चेर ५ विकेट लिएका थिए। यस्तै सागर पुन र बसन्त रेग्मीले १-१ विकेट लिए।

लिगमा ३ खेलमा जित तथा एक खेलमा अंक बाँडेको हङकङले ५ खेलबाट ७ अंक जोडेको छ र हङकङले शीर्ष दुईमा रहदै फाइनल पुग्न अहिले भइरहेको ओमान र युएईबीचको खेलको नतिजा कुर्नुपर्नेछ। उक्त खेलमा ओमान विजयी भए ओमान र हङकङ फाइनल पुग्नेछ। यदी युएई विजयी युएई फाइनल पुग्नेछ र हङकङ र ओमान मध्ये

यता सुरुवाती तीन दुई खेलमा ओमान र युएईसँग हारेको नेपालले मलेसिया र सिंगापुरलाई पराजित गरेको थियो तर हङकङसँग हारेपछि शीर्ष दुईमा रहै फाइनल पुग्ने नेपालको सम्भावना समाप्त भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell