PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

भारतीय ग्यासको बुलेट झर्‍यो त्रिशुलीमा, चालकले हामफालेर जोगाए ज्यान



रासस

भारतीय ग्यासको बुलेट झर्‍यो त्रिशुलीमा, चालकले हामफालेर जोगाए ज्यान
प्रतीकात्मक फोटो

चितवन : एलपी ग्यास बोकेर काठमाडौँतर्फ जाँदै गरेको कण्टेनर नारायणगढ –मुग्लिन सडकखण्डको केराबारीबाट आज अपराह्न त्रिशूली नदीमा खसेको छ । 

जिल्ला प्रहरी काार्यलय चितवनका अनुसार भारतीय नम्बरको एचआर ६९ पी ६९७३ बुलेट १ः२० बजे नदीमा खसेको हो। चालक भने हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ। चालकको मुग्लिनमा उपचार भइरहेको छ। कण्टेनर नदीले बगाएर जुगेडी ल्याइपुर्‍याएको जनाइएको छ। प्रहरीका अनुसार त्यसमा अन्य व्यक्ति छैनन्। अनियन्त्रित भइ त्रिशूलीमा खसेको बुलेट नदीबाट निकाल्ने प्रयास भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell