PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

ट्रिपल एक्सको फ्रेन्चाइजमा दीपिका



पहिलोपोस्ट

ट्रिपल एक्सको फ्रेन्चाइजमा दीपिका

बलिउड अभिनेत्री दीपिका पादुकोणको हलिउड डेब्यू फिल्म हो 'ट्रिपल एक्स - रिटर्न अफ जेन्डर केज'। फिल्ममा उनले भिन डिजेलसँग अभिनय गरेकी थिइन्। अब यसै फिल्मका निर्देशकले ट्रिपल एक्सको अर्को फ्रेन्चाइज बनाउने घोषणा गरेका छन्।

डिजे कारुसोले फिल्ममा अभिनेत्री दीपिका पनि देखिने बताए। एक्सन जनरामा बन्ने फ्रेन्चाइजमा दीपिका फाइनल भएको खबर भारतीय मिडियामा उल्लेख छन्। पछिल्लो समय फिल्मको प्रमोसनका लागि फिल्मको टिम भारत पुगेका थिए।

बलिउडले भिन र डिजेलाई स्वागत गरेका थिए। दीपिका फ्रेन्चाइजमा अभिनय गर्न उत्साहित छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell