PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

राष्ट्रियसभामा प्रमको बिम्स्टेकबारे ब्रिफिङ : पाहुनाले मनैदेखि प्रशंसा गर्नुभयो, देखावटी होइन



पहिलोपोस्ट

राष्ट्रियसभामा प्रमको बिम्स्टेकबारे ब्रिफिङ : पाहुनाले मनैदेखि प्रशंसा गर्नुभयो, देखावटी होइन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेक सम्मेलनको चौतर्फी प्रशंसा भएको दाबी गरेका छन्। बिम्स्टेक बैठकमा आएका पाहुनाहरुले मुक्तकण्ठले प्रशंसा गरेको ओलीले बताए।

बिम्स्टेक सम्मेलन रे संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भने, ‘कसैले हिन्दीमा मुक्तकण्ठले प्रशंसा गर्नु भयो, कसैले इंग्लिसमा मुक्तकण्ठले प्रशंसा गर्नु भयो। कसैले प्रशंसा अनुवाद गराएर अंग्रेजीमा सुनाउनु भयो। तर, प्रशंसा सबैले मुक्तकण्ठले गर्नु भयो। र, त्यो प्रशंसा औपचारिक प्रशंसामात्र थिएन, त्यो मनदेखि गरिएको प्रशंसा थियो।’

प्रधानमन्त्रीले प्रशंसाको कुरा गर्दै गर्दा राष्ट्रिय सभा सदस्यहरुले ताली बजाएका थिए।

‘हाम्रा पाहुनाहरुले, राष्ट्र प्रमुखहरुले धेरै पटक उल्लेख गर्नुभयो, बाहिर सम्मेलनहरुमा जाँदा धेरै कुरामा अस्तव्यस्त हुन्थ्यो। भनेको समयमा बैठक सुरु नहुने, भनेको समयमा नसकिने, यस्ता थुप्रो कुराहरु हुन्थ्यो। तर, यसपटक भन्न मिल्ने खालको केही भएन,’ बिम्स्टेक राष्ट्रका पाहुनाले भनेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘विल्कुलै परफेक्ट आयोजना भयो। सबै चुस्त दुरुस्त, असाधारण भयो।’

विदेशी पाहुनाहरुले बिम्स्टेकको सुरुवात काठमाडौंबाटै भएको भनी प्रशंसा गरेको कुरा पनि प्रधानमन्त्रीले दावी गरे। ‘वास्तवमा स्थापना र सुरुवात काठमाडौंबाट भएको छ। बल्ल यसको सुरु भयो। उहाँहरुले पब्लिकली बोल्नु भएको छ,’ ओलीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell