PahiloPost

May 16, 2026 | २ जेठ २०८३

बानेश्वरबाट हराएकी किशोरी निक्की २१ दिनपछि वीरगंजमा भेटिइन्



पहिलोपोस्ट

बानेश्वरबाट हराएकी किशोरी निक्की २१ दिनपछि वीरगंजमा भेटिइन्

काठमाडौं : हराइरहेकी एक किशोरी फेला परेकी छिन्। बानेश्वरको मिलन चोकबाट हराएकी १५ वर्षीया किशोरी निक्की पराजुलीलाई प्रहरीले फेला पारेको हो। 

महानगरीय प्रहरी परिसरको टोलीले पराजुलीलाई गत आइतवार वीरगंजमा फेला पारेको परिसरका एसपी रामदत्त जोशीले जानकारी दिए। भ्याली बोर्डिङ स्कुलको कक्षा १० मा अध्ययनरत पराजुली गत साउन २८ गते  हराएको उजुरी उनका दाजुले महानगरीय प्रहरी बृत्त गौशलामा दिएका थिए।

निक्की यसअघि पनि घरबाट कसैलाई नसोधी निस्कने गरेको प्रहरीले जनाएको छ। एसपी दत्तका अनुसार उनी साथीसँग वीरगंज पुगेको अनुसन्धानमा खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell