PahiloPost

Oct 12, 2025 | २६ असोज २०८२

सांसद नविना लामाको रोहबरमा छुटेका गुन्डा सत्यमान लामा फेरि समातिए : ज्यान मार्ने धम्की 



सविन ढकाल

सांसद नविना लामाको रोहबरमा छुटेका गुन्डा सत्यमान लामा फेरि समातिए : ज्यान मार्ने धम्की 

काठमाडौं : टोले गुन्डा सत्यमान लामालाई प्रहरीले फेरि पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले तामाङलाई मंगलवार पक्राउ गरेको हो। उनलाई महाराजगञ्जबाट पक्राउ गरेको महानगरीय प्रहरी महाशाखाका एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए। एसएपी सिंहले भने, 'ज्यान मार्ने धम्की दिएको उजुरीका आधारमा नियन्त्रणमा लिएका हौं। उसले धम्की दिएको अडियो रेकर्ड समेत छ।'

लामाले मानबहादुर तामाङ भन्ने व्यक्ति र उनका परिवारलाई धम्की दिएको प्रहरीले जनाएको छ। लामा गुन्डा नाइके दावा लामाका सहयोगी हुन्। तामाङ मिटर व्याजी तथा बुद्धचित्तको अवैध कारोबारमा समेत संलग्न रहेको प्रहरीको दाबी छ।

लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गत असार २८ गते पक्राउ गरेको थियो। तर, सांसद नविना लामाको जवानीमा जिल्ला प्रशासन कार्यलय काठमाडौंले छोड्न आदेश दिएको थियो। प्रहरीले गुन्डाका रुपमा समातेको सत्यमान काभ्रे तिमालका हुन्। उनले स्थानीय तहको निर्वाचनमा एमालेको युवा परिचालन कमिटी संयोजकको रुपमा काम गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell