PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

रेड पाण्डा मोटरसाइकलमा राखेर बिक्री गर्न लैजाँदै गर्दा दुई जना पक्राउ



पहिलोपोस्ट

 रेड पाण्डा मोटरसाइकलमा राखेर बिक्री गर्न लैजाँदै गर्दा दुई जना पक्राउ

काठमाडौं : प्रहरीले काठमाडौँको दरबारमार्गबाट रेड पाण्डाको छाला सहित दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले पाँच वटा  रेड पाण्डाको छाला सहित पक्राउ गरेको हो। प्रहरीले शुक्र राई र अजित बस्नेतलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी दानबहादुर मल्लले जानकारी दिए।

बौद्धबाट मोटरसाइकलमा राखेर बिक्रीका लागि लैजाँदै गर्दा पक्राउ गरेको हो। 

हिजोमात्र प्रहरीले चितुवाको छालासहित २६ वर्षीय अनमोल झाक्रीलाई पक्राउ गरेको थियो।

# जिउँदो भनिएकोमा सच्चाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell