PahiloPost

May 16, 2026 | २ जेठ २०८३

साफ च्याम्पियनसिप : मोहम्मद अलीले इन्जुरी टाइममा गोल गरेपछि नेपाल पाकिस्तानसँग हार्‍यो



पहिलोपोस्ट

साफ च्याम्पियनसिप : मोहम्मद अलीले इन्जुरी टाइममा गोल गरेपछि नेपाल पाकिस्तानसँग हार्‍यो
फोटो : एन्फा

काठमाडौँ : बंगलादेशमा आजबाट सुरु भएको साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले पाकिस्तानसँग पराजित भएको छ।

मोहम्मद अलीले इन्जुरी टाइममा गोल गरेपछि पाकिस्तानले नेपाललाई २-१ ले पराजित गरेको हो। पाकिस्तानका लागि इन्जुरी टाइमको पाँचौ मिनेटमा अलीले निर्णायक गोल गरे।

ढाकास्थित बंथबन्धु नेशनल स्टेडियममा भएको खेलको ३६औँ मिनेटमा हसन बसिरले पेनाल्टीमा गोल गर्दै पाकिस्तानलाई पहिले अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको नेपालका लागि ८२औँ मिनेटमा विमल घर्ती मगरले बराबरी गोल फर्काए। तर अन्तिम समयमा सम्हालिन नसक्दा पाकिस्तानले काउन्टरमा गोल गर्दै ३ अंक जोड्यो।

नेपालको लागि डिफेण्डर सुमन अर्याले यसै खेलमार्फत राष्ट्रिय टिममा डेब्यु गरेका छन्।

नेपालले अब समूहको दोस्रो खेल भुटानसँग खेल्नेछ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell