PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

प्रहरीले समातेको पत्रकार उजुरी दिनेकै 'सहमति'मा छुट्दै



पहिलोपोस्ट

प्रहरीले समातेको पत्रकार उजुरी दिनेकै 'सहमति'मा छुट्दै

काठमाडौं : ‘न्युजकारोबारडटकम’का समाचार सम्पादकलाई प्रहरीले सोधपुछको लागि नियन्त्रणमा लिएको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले सम्पादक नवराज कुँवरलाई कार्यकक्षबाटै मंगलवार नियन्त्रणमा लिएको हो। 

सम्पाद कुँवरले चरित्र हत्या गर्ने किसिमको फोटो सहितको समाचार छापेपछि नियन्त्रणमा लिएको महाशाखाका एक प्रहरी अधिकृतले जानकारी दिए। उदयपुरस्थित बेलका नगरपालिकाका उपमेयर रामकुमरी चौधरीले महाशाखामा उनीविरुद्ध उजुरी दिएकी थिइन्।

दुईपक्षबीच सहमति भएकाले कुँवरलाई छोड्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell