PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

भूकम्पमा बाबुले भेटाएको ‘दाहिने’ शङ्ख बेच्दा छोरो पर्‍यो फन्दामा



पहिलोपोस्ट

भूकम्पमा बाबुले भेटाएको ‘दाहिने’ शङ्ख बेच्दा छोरो पर्‍यो फन्दामा

काठमाडौँ : 'दाहिन’ शङ्ख नेपाली समाजमा बहुमूल्य मानिन्छ। घरमा दाहिने शङ्ख भए फलिफाप हुने विश्वास छ। तर, यही शङ्ख धादिङका एक युवकका लागि भने ठीक उल्टो भएको छ।

'दाहिने शङ्ख' महँगो मूल्यमा बिक्री गर्न लागेको अवस्था प्रहरीले पक्राउ गरेपछि फलिफापको विश्वास गरिरहेका युवक फन्दामा परेका हुन्।महानगरीय प्रहरी परिसरको टोलीले धादिङका ती युवकलाई पक्राउ गरेको हो। युवाको नाम भने प्रहरीले गोप्य राखेको छ।

धादिङ घर भएका ती युवाले शङ्ख ५० लाख रुपैयाँभन्दा बढी मूल्यमा बिक्री गर्न लागेका थिए। भूकम्पको बेला उनका बुबाले भेट्टाएर घरमा शङ्ख ल्याएका थिए। बुबाले शङ्खको पूजा गर्ने गरेको युवकले प्रहरीमा बयान दिएको एसएसपी रामदत्त जोशीले जानकारी दिए। 

दाहिने शङ्ख पशुपतिनाथ मन्दिर र धनुषाको जानकी मन्दिरमा रहेको दावी गरिन्छ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell