PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

प्याराग्लाइडिङ खेलाडीलाई गृह जिल्लामा भव्य स्वागत, हेर्नुस् ६ फोटोमा

प्याराग्लाइडिङ खेलाडीलाई गृह जिल्लामा भव्य स्वागत, हेर्नुस् ६ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


पोखरा : इण्डोनेशियामा सम्पन्न १८औँ एशियाली खेलकूद प्रतियोगितामा मुलुकलाई प्याराग्लाइडिङ खेलमार्फत रजत पदक दिलाउने खेलाडीलाई आज पोखरामा भव्य स्वागत गरिएको छ।

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन, राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार बिष्ट र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले खेलाडीलाई पोखरा विमानस्थलमा स्वागत गरेका थिए।

प्याराग्लाइडिङ पुरुष टिम क्रस कन्ट्री इभेन्टमा सहभागी विजयी खेलाडी बिमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापालाई उनीहरुले फूलगुच्छाले स्वागत गरे। त्यसपछि खेलाडी टिमलाई गाडीमा राखेर पोखरा विमानस्थलदेखि बाजा–गाजासहित नगरका मुस्ताङचोक, विरौटा, ड्यामसाइड, राष्ट्रबैँक चोक, सिर्जनाचोक, नयाँ सडक, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोकलगायत विभिन्न स्थान हुँदै पोखरा रङ्गशालामा सम्मानका लागि लगिएको थियो।

नगर परिक्रमाका क्रममा खेलाडी, स्थानीय, जनप्रतिनिधि, समाजसेवीको सहभागिता थियो भने कतिपय नगरवासीले आ–आफ्ना घरअगाडि स्वागतका लागि घडा राखेका थिए। रासस

फोटोहरु : वासुदेव पौडेल र हरि बास्तोला, पोखरा/रासस



ट्रेन्डिङ पोस्ट

Ncell