PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

पाँच वर्षकी बालिका बलात्कारको आरोप लागेका युवकलाई १२ वर्ष कैद सजाय



पहिलोपोस्ट

पाँच वर्षकी बालिका बलात्कारको आरोप लागेका युवकलाई १२ वर्ष कैद सजाय

गाईघाटः जिल्ला अदालतले पाँच वर्षीया बालिका बलात्कार आरोपमा एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ।

जिल्ला न्यायाधीश तीर्थराज केसीको एकल इजलासले मङ्गलबार त्रियुगा नगरपालिका– ३ मोतीगडाका १९ वर्षीय हेमबहादुर कार्कीलाई १२ वर्ष कैदसँगै रु ५० हजार जरिवानाको फैसला गरेको हो।

बालिकाका अभिभावकले अभियुक्त कार्कीविरुद्ध २०७४ भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए। किटानी जाहेरीपछि कार्की पक्राउ परेका थिए। यस्तै जिल्ला अदालतले सोमबार बालिका बलात्कारको अभियोगमा ६२ वर्षीय सुढीलाल चौधरीलाई सात वर्ष जेल सजायका साथै रु ३० हजार जरिवानाको फैसलासमेत गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell