PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

पारवहन सम्झौताको प्रोटोकल टुंग्याउन आजदेखि नेपाल-चीन परामर्श बैठक



पहिलोपोस्ट

पारवहन सम्झौताको प्रोटोकल टुंग्याउन आजदेखि नेपाल-चीन परामर्श बैठक

काठमाडौँः नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्राटोकल’लाई अन्तिम रुप दिन दुवै देशका अधिकारीको तेस्रो बैठक आजदेखि काठमाडौँमा सुरू हुँदैछ।

दुई दिनसम्म चल्ने बैठकले सन् २०१६ मा केपी ओली प्रधानमन्त्रीको रूपमा पहिलोपटक चीन जाँदा दुर्इ देशबीच भएको व्यापार तथा पारवहन सम्झौताको प्रोटोकललार्इ टुंगो लगाउने बताइएको छ।

गत असारमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा प्रोटोकललार्इ अगस्टभित्र टुंग्याउने सहमति भएको थियो। यसबीच गत साउन नेपाली टोली चीन गएर छलफल गरेको थियो।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैजुको नेतृत्वमा ११ सदस्यीय टोली र चिनियाँ यातायात मन्त्रालय अन्तर्गतको यातायात विभागका महानिर्देशक वाङ सिपिङको नेतृत्वमा ९ सदस्यीय टोली सहभागी हुने सहसचिव सैजुले जानकारी दिए।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका उच्च अधिकारीहरू सहभागी हुँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell