PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

'रोजसँगै प्रदर्शनमा आउने अर्को फिल्म टिमले हाम्रो प्रचार गर्दैछन्' प्रदीप खड्का



पहिलोपोस्ट

'रोजसँगै प्रदर्शनमा आउने अर्को फिल्म टिमले हाम्रो प्रचार गर्दैछन्' प्रदीप खड्का

काठमाडौं : छायाँकनदेखी विवादमा परेको फिल्म हो 'रोज'। फिल्मको कथा ७ वर्षअघिको रोजी हत्यकाण्डसँग मिलेपछि निर्माण टिमले फिल्मको नाम परिवर्तन गरे।

फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा टिमले फिल्मको 'रोजी' नाम परिवर्तन गरेर 'रोज' राखे। फिल्ममा पछिल्लो समय दर्शकले रुचाएका अभिनेता प्रदीप खड्काको मुख्य अभिनय छ। प्रदीपसँगै फिल्ममा मिरुना मगर र परमिता राणाको मुख्य अभिनय छ। युवा दर्शकमा प्रदीपको एक किसिमको क्रेज देख्न सकिन्छ। अधिकांश फिल्ममा लभर बोईको भुमिका निभाउँदै आएका प्रदीपले फिल्ममा दर्शकले फरक अवतार देख्न पाउने बताए।

प्रदीपले भने 'नेगेटिभ भाइब्स आउने भुमिका निभाएको छु। दर्शकले मेरो यो भुमिका रुचाइदिनुहुनेछ भन्नेमा आशावादी छु। फिल्मको प्रमोसन एक/दुइ हप्ता मात्र भयो। हामी धेरै छायाँकनमा व्यस्त भयौं। अझै बढी प्रचार गर्न सक्थ्यौं। तर पुग्नुपर्ने ठाउँमा प्रचार पुगिसकेको छ।'

'फिल्म चल्ने नचल्ने दर्शको हातमा छ। भदौ २२ मा फिल्म आउँदैछ। हाम्रो फिल्मसँगै प्रदर्शना आउने अर्को फिल्मले प्रमोसनमा हाम्रो फिल्मको प्रचार गरिदनु भएको छ। किनभने सँगै आउँदै छ फिल्म भनेर प्रचार गर्दै हुनुहन्छ उहाँहरु' उनले थपे।

फिल्मसँगै अर्को फिल्म 'रामकहानी' प्रदर्शनमा आउने भएको छ। 'लभ स्टेसन' र 'प्रेमगीत ३' प्रदीपका अन्य प्रोजेक्टहरु हुन्। गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले निर्माण गरेको 'रोज' क्राइम थ्रीलर जनरामा बनेको छ।

रोज र रामकहानी एकै दिन लाग्दै, पूजा भन्छिन् 'प्रदीपले बाजी मार्छ'

 

   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell