PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

साफ च्याम्पियनसिप : नेपालले भोली भुटानसँग खेल्ने, यस्तो छ हेड टु हेड



पहिलोपोस्ट

साफ च्याम्पियनसिप : नेपालले भोली भुटानसँग खेल्ने, यस्तो छ हेड टु हेड

काठमाडौँ : पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएपछि बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिपमा नेपालको सेमिफाइनल यात्रामा धक्का लागिसकेको छ। नेपालले अब अन्तिम चारमा स्थान बनाउन समूह चरणको बाँकी दुवै खेल जित्नुपर्नेछ।

नेपालले अब भुटान र आयोजक बंगलादेशसँग खेल्न बाँकी छ। सेमिफाइनल सम्भावना कायमै राख्ने नेपालले भोली भुटानसँग खेल्दैछ।

भुटान नेपालको लागि एउटा त्यस्तो प्रतिद्वन्दी हो जससँग नेपालले अहिलेसम्म कुनै खेल हारेको छैन। अहिलेसम्म खेलेको १२ वटै खेल नेपालले जितेको छ।

ढाकास्थित नेशनल स्टेडियमा भइरहेको प्रतियोगितामा नेपाल र भुटानले पहिलो खेल हारेको थिए। दुवैलाई यो खेल महत्वपूर्ण छ। पहिलो खेलमा भुटान बंगलादेशसँग २-० ले हारेको थियो।

नेपालका प्रशिक्षक बालगोपाल महर्जनले पहिलो खेल हारेपछि बाँकी दुई खेल जित्दै सेमफाइनल पुग्ने बताएका छन्।

नेपाल र भुटान ७ वर्ष अघि २०११ मा मैत्रीपूर्ण खेलमा भिडेका थिए जहाँ नेपाल २-१ ले विजयी भएको थियो।

अहिलेसम्म नेपाल र भुटान साफ गेम्समा ५ पटक, साफ च्याम्पियनसिपमा २ पटक भिडिसकेका छन्। यस्तै एएफसी एसियन कप र एएफसी च्यालेन्ज कपमा पनि १/१ पटक भिडेका छन् भने तीन पटक मैत्रीपूर्ण खेल खेलेका छन्।

नेपालले १९९९ को साग गेम्समा भुटानलाई ७-० ले हराएको थियो जुन नेपालको फराकिलो अन्तरको जित हो।

भुटानसँग भोलि खेल्नुअघि नेपाली टोलीले आज  हल्का प्रशिक्षण गरेको थियो।

 

नेपाल भर्सेस भुटान हेड टु हेड

  • १९८४ साफ गेम्स नेपाल ५-० ले विजयी
  • १९८४ साफ गेम्स नेपाल ५-० ले विजयी
  • १९८५ साफ गेम्स नेपाल १-० ले विजयी
  • १९८७ साफ गेम्स नेपाल ६-२ ले विजयी
  • १९९९ साफ गेम्स नेपाल ७-० ले विजयी
  • २००० एएफसी एसियन कप नेपाल ३-० ले विजयी
  • २००३ साफ च्याम्पियनसिप नेपाल २-० ले विजयी
  • २००५ साफ च्याम्पियनसिप नेपाल ३-१ ले विजयी
  • २००६ एएफसी च्यालेन्ज कप नेपाल २-० ले विजयी
  • २००९ मैत्रीपूर्ण खेल नेपाल २-१ ले विजयी
  • २०११ मैत्रीपूर्ण खेल नेपाल १-० ले विजयी
  • २०११ मैत्रीपूर्ण खेल नेपाल २-१ ले विजयी
  •  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell