PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

एन्जोलिना : ब्राड जिम्मेवारी वहन नगर्ने पिता



पहिलोपोस्ट

एन्जोलिना : ब्राड जिम्मेवारी वहन नगर्ने पिता

हलिउड अभिनेत्री एन्जोलिना जोली २०१६ मा पति ब्राड पिटसँग छुटेकी थिइन्। उनी ६ सन्तानकी आमा हुन्। पति ब्राडसँग डिभोर्सको पक्रिया चलिरहेको छ।

हालै एन्जोलिनाले आफ्ना ६ सन्तानसँग समय बिताएकी छिन्। छोराछोरीसँग उनी हाइकिङ गएकी छिन्। ४३ वर्षिया एन्जोलिना छोराछोरीसँग निकै खुशी देखिन्। फिल्मकर्मीमा एन्जोलिना र ब्राडको डिभोर्सका कुरालाई लिएर चर्चा छ।

हलिउड मिडियाका अनुसार केहीदिनअघि जोलीले ब्राड जिम्मेवारी वहन नगर्ने पिता रहेको आरोप लगाएकी थिइन्। उता ब्राड परिवारकै लागि भनेर आफूले घर किनिदिएको दावी गर्छन्। गत सेप्टेम्बरमा जोलीले ब्राडसँग डिभोर्स मागेकी थिइन्। उनीहरु ११ वर्ष एक साथ रहे।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell