PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

किन काठमाडौं उडान बन्द गर्दैछ एयर एसियाले?



वसन्तराज उप्रेती

किन काठमाडौं उडान बन्द गर्दैछ एयर एसियाले?

काठमाडौं : ६ वर्षदेखि क्वालालाम्पुर-काठमाडौं उडान गर्दै आएको बजेट एयरलाइन्स एयर एसियाले दीर्घकालीन रुपमै उडान बन्द गर्ने सम्भावना बढेको छ।

वैदेशिक रोजगारीमा जाने कामदारलार्इ लक्षित गर्दै सुरु भएको यो एयरलाइन्सले उडान बन्द गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निवेदन दिइसकेको छ।विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले एयर एसियाले आगामी असोज २७ गतेदेखि उडान बन्द गर्न निवेदन दिएको जानकारी दिए।नेपालले जेठदेखि मलेसिया कामदार पठाउन बन्द गरेपछि यो एयरलाइन्स घाटामा चलिरहेको थियो।

अहिले यो एयरलाइन्सले सातामा दुर्इ वटा मात्रै उडान गरिरहेको छ।उनका अनुसार काठमाडौं-क्वालालाम्पुर उडानमा ३० देखि ४२ यात्रुमात्रै हुने गरेका थिए।'कम्पनीको नियम अनुसार चार घण्टा भन्दा बढी समय उडान भर्ने गन्तब्यमा 'एयर एसिया एक्स' संचालनमा थियो। एयर एसिया एक्समा एयरबस ३३०'वाइडबडी' मात्र संचालन गर्दै आएको छ। वाइड बडी संचालनमा ल्याउँदा यात्रु कम भएका कारण ठूलो घाटा ब्योहोरेको स्रोतले बतायो। मलेसियाबाट आउने यात्रु भएपनि जाने भने कम थिए।

एयर एसियाले दुईवटा शर्त राख्दै एक वर्षको लागि उडान नगर्ने जानकारी दिएको क्षेत्रीले बताए। क्षेत्रीका अनुसार  कम्पनीले मलेसियाको श्रम बजार राम्रो भएमा न्यारोबडी जहाज संचालनमा ल्याउने जानकारी दिएको छ।

प्रतिस्पर्धी बजारले उडान बन्द

एयर एसियाले उडान भर्दा प्रतिस्पर्धा कम थियो।त्यो बेलामा मलेसियन एयरलाइन्स र नेपाल वायु सेवा निगमले मात्रै उडान भर्थे।

त्यो बेलामा बजेट एयरलाइन्सको रुपमा एयर एसियाले राम्रो बजार पायो। तर दुर्इ वर्षअघि बजेट एयरलाइन्स मालिन्दोले उडान सुरु गर्यो। केही समयपछि हिमालय एयरलाइन्सले समेत उडान सुरु गरेपछि बजार थप प्रतिस्पर्धी बनेको थियो। अहिले एनएसीले समेत एयरबस ३३० ल्याएर उडान सुरु गरिसकेको छ।‘केही महिनामै मलेसिया कामदार खुलेपनि टिकटमा प्राइस वार हुने देखिन्छ।

कम्पनीले एक वर्ष भनेपनि तत्कालै एयर एसिया नफर्किने देखिन्छ’स्रोतले भन्यो, अन्तर्राष्ट्रिय पहिचान बनाएका कम्पनीले सधैका लागि बन्द भन्दैनन्।त्यसैले कम्पनीले एक वर्षको समयसीमा दिएको हुनसक्छ।‘ केही समय पहिला कम्पनीले विमानस्थलको शुल्क नतिरेको भन्दै विवादमा पनि पर्यो।विमानस्थलले बक्यौंता नतिरे उडाननै बन्द गर्ने चेतावनीसहित पत्र समेत पठाएपछि कम्पनी विवादमा परेको थियो।एयर एसियाको नेपालको जिएसए इन्सेन्टिभ टुर्स एण्ड ट्राभल हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell