PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

'इन्टु मिन्टु लण्डनमा'को प्रचार अश्त्रमा बलिउड फ्लेभर



पहिलोपोस्ट

'इन्टु मिन्टु लण्डनमा'को प्रचार अश्त्रमा बलिउड फ्लेभर

काठमाडौं : फिल्म 'इन्टु मिन्टु लण्डनमा' प्रदर्शनको नजिक छ। निर्माण टिमले  फिल्मको प्रचार सुरु गरेको छ। टिमले हालै मोफसल प्रचार पनि सकेको छ। टिमले सार्वजनिक गरेका दुई गीतलाई दर्शकले रुचाएका छन्।

निर्माण टिमले फिल्मको प्रचार अस्त्र अर्को गीत पनि सार्वजनिक गरेको छ। कोरियोग्राफर रेनशा बान्तवा राईले फिल्मलाई निर्देशन गरेकी हुन्। गीतको भिडियोमा बिक्रम लामा र एन्जिला खत्रीको कोरियोग्राफी रहेको छ। गीतको भिडियोमा बलिउड फ्लेवर पाइन्छ।  

बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा मेलिना राई र राजेश पायल राईको स्वर रहेको छ। गीतको भिडियोमा फिल्मका कलाकार फिचर्ड छन्।

आगामी असोज ५ गतेदेखी प्रदर्शनमा आउने फिल्ममा फिल्ममा धिरज मगर, साम्राज्ञी राज्य लक्ष्मी शाह, सारुक ताम्राकार, विजय लामा, सुनिता ठकुरी श्रेष्ठ लगायतको अभिनय छ। प्रज्वल समशेर जबरा र रेनशाको कथा रहेको रोमान्टिक लभस्टोरीमा आभास कर्माचार्यको संवाद रहेको फिल्ममा शैलेन्द्र धोज कार्कीको छायाँकन रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell