PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

शेयर कारोबार गर्ने श्रेष्ठको रहस्यमय मृत्यु, स्वयम्भुमा पार्किङ गरिएको कारमा शव फेला



पहिलोपोस्ट

शेयर कारोबार गर्ने श्रेष्ठको रहस्यमय मृत्यु, स्वयम्भुमा पार्किङ गरिएको कारमा शव फेला

काठमाडौँः स्वयम्भु हाइटमा गाडीभित्र शव फेला परेको छ। पार्किक क्षेत्रमा राखिएको बा. ८ च ७०२१ नम्बरको स्विफ्ट कारभित्र शव फेला परेको हो।

मृतक काठमाडौँ नैकापका श्याम श्रेष्ठ भएको खुल्न आएको महानगरीय प्रहरी वृत स्वयम्भुका प्रहरी निरीक्षक हेमप्रसाद आचार्यले बताए। आचार्यले भने,'बुधबार राति गस्तीमा हिँडेको प्रहरीले शंका लागेर हेर्दा शव भेटिएको हो।'

कार श्रेष्ठको आफ्नै भएको खुलेको छ। उनी शेयर कारोबारी समेत हुन्। श्रेष्ठको केही दिनअघि नै मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुन्धानले देखाएको छ। प्रहरी निरीक्षक आचार्यले भने,'शव गन्हाएको छ। मृत्यु केही दिन आगाडि नै भएको हुनसक्छ। मृत्यु वा हत्या के हो अनुसन्धान गरिरहेका छौँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell