PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

शाहिदलाई दोब्बर खुशी



पहिलोपोस्ट

शाहिदलाई दोब्बर खुशी

बलिउड अभिनेता शाहिद कपुर र मीरा राजपुतलाई पुत्रलाभ भएको छ। दोश्रो पटक सन्तान शुख प्राप्त गरेका शाहिद र मीरालाई बधाइ दिनेको ‌ओइरो छ। शाहिदले पत्नी मीरासँग अस्पतालमा खिचेको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन्।

तस्वीरमा दुबैजना निकै खुशी देखिएका छन्। शाहिदले केही दिनअघि मात्र मुम्बईमा नयाँ घर किनेका थिए। परिवारको नयाँ सदस्यलाई नयाँ घरमा स्वागत गर्न घर किनेका कुरा भारतीय मिडियामा उल्लेख छन्। शाहिद आफ्नो फिल्मी करियरसँगै परिवारका जिम्मेवारी वहन गर्न अघि देखिन्छन्। फिल्मसँगै परिवारलाई समय दिन्छन्।

यसपाली उनलाई दोब्बर खुशी मिलेको छ। यता बावु बनेका शाहिदको नयाँ फिल्म प्रदर्शनको तयारीमा छ। उनी अभिनित फिल्म ‘बत्ती गुल मीटर चालू’ असोज ५ गतेदेखी प्रदर्शनमा आउनेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell