PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

झोलामा पोको पारी खोलामा कसले फाल्यो पाँच महिने बालक?



पहिलोपोस्ट

झोलामा पोको पारी खोलामा कसले फाल्यो पाँच महिने बालक?
फोटो : विष्णु क्षेत्रीको फेसबुकबाट

काठमाडौं : थापाथलीस्थित बाग्मती र धोबी खोलाको दोभानमा एक करिब पाँच महिने बालकको शव फेला परेको छ।

प्रहरीले आज बिहान करिब ९ बजेतिर बालकको शव फेला पारेको हो। रातो रङ्गको झोलामा पोको पारेर फालिएको अवस्थामा बालकको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रामदत्त जोशीले बताए। एसपी जोशीले भने, 'खोलाको किनारमा झोलामा पोको पारेर फालिएको अवस्थामा भेटिएको हो। थप अनुसन्धान गरिरहेका छौँ।'

बालकको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। बालकको टाउको सामान्य बालकको भन्दा धेरै ठूलो, हात खुट्टाहरू अस्वाभाविक साना र बच्चाको शरीर केही कमजोरजस्तो रहेको प्रहरीले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell