
घरेलु मैदानमा भइरहेको साफ च्याम्पियनसिपमा बंगलादेशले लगातार दोस्रो जित हात पारेको छ। समूह बी अन्तर्गत बिहीवार भएको आफ्नो दोस्रो खेलमा पाकिस्तानलाई १-० ले पराजित गर्दै बंगलादेशले सेमिफाइनल सम्भावनालाई बलियो बनाएको छ।
बंगबन्धु नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई जिताउन टोपु बर्मानले ८५औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो।
पहिलो खेलमा बंगलादेशले भुटानलाई २-० ले पराजित गरेको थियो।
अब समूहको अन्तिम खेलमा शनिवार बंगलादेश र नेपाल तथा पाकिस्तान र भुटानबीच खेल हुनेछ। नेपालले बिहीवारै भुटानलाई ४-० ले पराजित गर्दै ३ अंक जोडेको छ।
समूह ए मा दुई खेलपछि बंगलादेश ६ अंकका साथ शीर्ष स्थानमा छ भने समान ३ अंक रहेको नेपाल र पाकिस्तान क्रमश: दोस्रो र तेस्रो स्थानमा छ। भुटान अंकविहिन छ।
प्रतियोगिताअन्तर्गत शुक्रवार समूह बी मा रहेका श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछ।