PahiloPost

May 15, 2026 | १ जेठ २०८३

नेपालको लागि आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गर्दा एकदमै खुशी छु : सुनिल बल



पहिलोपोस्ट

नेपालको लागि आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गर्दा एकदमै खुशी छु : सुनिल बल

बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिपमा बिहीबार नेपालले भुटानलाई ४-० ले हरायो। ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा नेपाललाई शानदार जित दिलाउन सुनिल बलको योगदान महत्वपूर्ण रह्यो।

नेपालले गरेको चार गोलमध्ये तीन गोलमा सुनिलको भूमिका थियो। उनले एक गोल गरे भने दुई गोलका लागि सहयोग गर्‍यो। फरवार्डद्वय भरत खवास र नवयुग श्रेष्ठ पहिलो रोजाईँमा नपर्दा थ्री स्टारबाट घरेलु फुटबल खेल्ने सुनिलले भुटान विरुद्ध पहिलो रोजाईँमा मौका पाएका हुन्। 



७१औँ मिनेटमा विमलले हानेको पेनाल्टी भुटानी गोलकिपरले रोकेपछि त्यसको रिबाउण्डमा सुनिलले गोल गरेका हुन्। उनले अनन्त तामाङले गरेको पहिलो र निराजन खड्काले गरेको चौथो गोलमा सहयोग गरे। 

सुनिलले भुटान विरुद्ध गरेको गोल नेपालको राष्ट्रिय टिमका लागि उनको पहिलो गोल हो। 'नेपालको पहिलो पहिलो अन्तर्राष्ट्रय गोल गर्न पाउँदा खुशी लागेको बताए। आज हामीले भुटानलाई ४-० ले हरायौँ। त्यसमा मैले पनि गोल गरेँ र त्यो मेरो फस्ट इन्टरनेशनल गोल हो।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell