PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

अपहरणमा संलग्न रहेको आरोपमा आठ जना पक्राउ



पहिलोपोस्ट

अपहरणमा संलग्न रहेको आरोपमा आठ जना पक्राउ

बनेपाः अपरणमा संलग्न रहेको आरोपमा धुलिखेल नगरपालिका–५ चौकोटबाट प्रहरीले आज आठ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१ का २३ वर्षीय दीपक भुजेल, नमोबुद्ध नगरपालिका–१० का ४० वर्षीय राजन घोरासैनी, जिल्ला सर्लाही घर भई बनेपा बस्ने २६ वर्षीय कृष्णहरि अधिकारी, जिल्ला सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–५ घर भई सूर्यविनायक बस्ने २९ वर्षीय रामेश्वर सिलवाल, जिल्ला रामेछाप खाँडादेवी गाउँपालिका–१ का ३५ वर्षीय टेकबहादुर विक, काठमाडौँ महानगरपालिका–२८ का ४२ वर्षीय धननारायण तण्डुकार, जिल्ला सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–५ घर भई हाल मकवानपुर बस्ने २८ वर्षीय रञ्जन सिलवाल र जिल्ला मकवानपुर पालुङ–७ का गाडी चालक ४२ वर्षीय नकुल कार्की रहेका छन्।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी प्रमुख हिमालयकुमार श्रेष्ठका अनुसार मान्छे अपरहणमा परेको प्राप्त सूचना आधारमा उनीहरुलाई पक्राउ गरिएको बताए।

‘घटना अपहरण नै हो, त्यही सूचना आउनासाथ हामीले उनीहरुलाई पक्राउ गर्न सफल भएका छौँ’, उहाँले भन्नुभयो, ‘घटनामा संलग्नहरु पक्राउ परिसकेको र उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याउने काम भइरहेकाले अनुसन्धानपछि मात्रै विस्तृत जानकारी प्राप्त हुनेछ।’

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजङ्ग शाहका अनुसार हेलम्बु गाउँपालिका–४ का ४७ वर्षीय विष्णु कटुवाललाई भक्तपुरको सल्लाघारीबाट अपरिचित व्यक्तिले निलो रङको ट्याक्सीमा राखी जबरजस्ती नालाको बाटो हुँदै काभ्रेतर्फ लिएर हिँडेको भन्ने सूचना प्राप्त हुनासाथ खोजतसालका लागि जिल्ला प्रहरी कार्यालय भक्तपुरबाट खटिएको टोलीले उनीहरुलाई धुलिखेल नगरपालिका–५ चौकोटको उकालोबाट गाडी र मोटर साइकलसहित पक्राउ गरिएको जानकारी दिए।

उनका अनुसार बा ५ च ९७३५ नं को निजी कार, बा ७८ प ५०५ नं को मोटरसाइकल र बा ३४ प ५०० नं स्कुटीसहित उनीहरुलाई बेलुका ५ बजे पक्राउ गरिएको हो। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell