
बेंशीशहरः हत्याको अभियोगमा प्रहरीले एक युवकलाई प्रक्राउ गरेको छ।
पक्राउ पर्नेमा लमजुङ मध्यनेपाल नगरपालिका–१ जीताबेंशीका १९ वर्षीय अशोक दवाडी रहेका छन्। सोही स्थानका ५९ वर्षीया दमन्तीदेवी घिमिरेको हत्या अभियोगमा उनलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिए।
दमन्तीदेवीको भदौ १३ गते हत्या भएको थियो। धारिलो हतियार प्रहारबाट हत्या भएको भन्ने प्राप्त सूचनाका आधारमा दवाडीलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएका प्रहरीले युवकलाई बुधबार उनकै घरबाट प्रक्राउ गरेको थियो। जिल्ला अदालतबाट आज सात दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस