PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

पारवहनमा भारतसँगको निर्भरता तोडियो, नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने सहमति



पहिलोपोस्ट

पारवहनमा भारतसँगको निर्भरता तोडियो, नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने सहमति

काठमाडौँ नेपालबाट तेस्रो मुलुकमा हुने व्यापारका लागि भारतीय बन्दरगाह उपयोग गर्नुपर्ने बाध्यता टुंगिएको छ।

नेपाल र चीनबीच पारवहन तथा यातायात सम्झौताको कार्यविधि (प्रोटोकल)लाई अन्तिम रुप दिँदै चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने समझदारी बनेको हो। बिहीबार रातिसम्म चलेका दुई देशका उच्च सरकारी अधिकारीबीच यस्तो समझदारी बनेको हो।

‘बैठकमा तस्रो मुलुकबाट चीन हुँदै नेपालमा बस्तु आयात गर्दा प्रयोग हुने खुला सामुन्द्रिक बन्दरगाहरु, सुख्खा बन्दरगाह र ती बन्दरगाहरुबाट नेपालसम्म आउने उपयुक्त मार्ग, भन्सारसँग सम्बन्धित प्रक्रिया, यातायातको माध्यम, ढुवानी प्रक्रिया लगायतका पारवहन सम्बन्धी विविध विषयहरुमा छलफल भई प्रोटोकलको मस्यौदालाई अन्तिम रुप दिइएको छ’ बैठकपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

मन्त्रालयका अनुसार प्रोटोकलमा नेपालका तर्फबाट उद्योग मन्त्रालयका सहसचिव रवि शङ्कर सैँजु र चीनका तर्फबाट यातायात विभागका महानिर्देशक वाङ सिपिङले हस्ताक्षर गरेका छन्। 

प्रोटोकल टुंगो लागेसँगै नेपाल र चीनबीच दुई वर्षअघि भएको पारवहन सम्झौता कार्यान्वयनको बाटो खुलेको छ। छिमेकी भारतको नाकाबन्दी लगत्तै भएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा पारवहन सम्झौता भएको थियो।

अहिले नेपालले तेस्रो मुलुकसँगको बस्तु आयातमा भारतको कोलकाता बन्दरगाह प्रयोग गर्दै आएको छ।

असार ५ गते प्रधानमन्त्री बेइजिङ जाँदा प्रोटोकलमा हस्ताक्षर गर्ने तयारी थियो। तर छलफल नपुगेको भन्दै जुलाईमा थप छलफल गरी टुंग्याउने सहमति भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell