PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

युइएफए नेशन्स लिग : विश्वविजेता फ्रान्स र जर्मनीले खेले बराबरी, वेल्सको सहज जित



पहिलोपोस्ट

युइएफए नेशन्स लिग : विश्वविजेता फ्रान्स र जर्मनीले खेले बराबरी, वेल्सको सहज जित

युरोपको नयाँ फुटबल प्रतियोगिता युएईएफ नेशन्स लिगमा विश्वविजेता फ्रान्सले बराबरी खेलेको छ।

गएराती देखि सुरु भएको उक्त प्रतियोगितामा २०१८ को विश्वकप विजेता फ्रान्स र २०१४ को विश्वकप विजेता जर्मनीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

नेशन्स लिगमा फ्रान्स र जर्मनी लिग ए मा छन्। युरोपको ५५ राष्ट्रलाई विभिन्न चार लिगमा विभाजन गरेर बढुवा/घटुवा प्रणालीमा खेलाइने यो प्रतियोगिताको लिग ए मा युरोपका उत्कृष्ट १२ राष्ट्र छन्।

लिग ए को समूह ए मा फ्रान्स र जर्मनी सहित नेदरल्याण्ड्स रहेको छ।

यस्तै युइएफले आयोजना गरेको नयाँ प्रतियोगिता पहिलो गोल गर्ने खेलाडी जर्जियाका जर्जि चाभेटाज बनेका छन्।

लिग डी अन्तर्गत समूह डी को खेलमा जर्जियाले कजाखस्थानलाई २-० ले हराउँदा उनले पहिलो गोल गरे।

यस्तै लिग बी को समूह बी मा वेल्सले आयरल्याण्डलाई ४-१ ले हराउँदै शानदार सुरुवात गरेको छ। वेल्सका लागि टम लरेन्स, गारेथ बेल, एथान एम्पाडु र बरोन राम्सले एक-एक गोल गरे। यसै समूहको अर्को खेलमा युक्रेनले चेक रिपव्लिकलाई २-१ ले हरायो।

लिग सी अन्तर्गत समूह सी को खेलमा नर्वेले साइप्रसलाई २-० ले तथा बुल्गेरियाले स्लोभेनियालाई २-१ ले पराजित गर्‍यो।

लिग डी अन्तर्गत समूह डी को खेलमा मेसोडोनेसियाले जिब्राल्टरलाई २-० ले तथा अर्मेनियाले लिचेस्टाइनलाई २-१ ले हरायो भने एन्डोरा र लात्भियाले गोलरहित बराबरी खेले।

गएराती नै भएको मैत्रीपूर्ण खेलमा क्रोएसिया र पोर्चुगलले १-१ को बराबरी खेले भने नेदरल्याण्ड्सले पेरुलाई २-१ ले हरायो। 

युइएफए नेशन्स लिगको ड्र सार्वजनिक : जर्मनी, फ्रान्स र नेदरल्याण्ड्स एउटै ग्रुपमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell