PahiloPost

May 16, 2026 | २ जेठ २०८३

म्याराडोना मेक्सिकन दोस्रो श्रेणीको क्लबको प्रशिक्षक नियुक्त



पहिलोपोस्ट

म्याराडोना मेक्सिकन दोस्रो श्रेणीको क्लबको प्रशिक्षक नियुक्त

अर्जेन्टाइनल लेजेण्ड डियगो म्याराडोना मेक्सिकोको दोस्रो श्रेणीको क्लब डाराडोस डे सिनालोअको प्रशिक्षक नियुक्त भएका छन्।

म्याराडोनाले पछिल्लो पटक युएईको अल-फुजारिह क्लबको प्रशिक्षण सम्हालेका थिए।

मेक्सिकन समाचारपत्रका अनुसार म्याराडोनाले अब डोराडोसमा फ्रान्सिस्को गमेजको स्थान लिनेछन्। गमेज बिहीबार बर्खास्तीमा परेका थिए।

अर्जेन्टिनाका लागि ९१ खेल खेलेका ५७ वर्षीय म्याराडोनाले सन् २००८ देखि २०१० सम्म ला अल्बिसेलेस्टेको प्रशिक्षण समेत सम्हालेका थिए। सन् २०१० को विश्वकपमा म्याराडोनाले प्रशिक्षणमा रहेको अर्जेन्टाइन टोली क्वाटरफाइनलबाटै बाहिरिएको थियो।

सन् १९८६ मा एकल प्रयासमै अर्जनेटिनालाई विश्वकपको उपाधि दिलाएका म्याराडोनाले अर्जेन्टिनोस जुनियर्स, बोका जुनियर्स, बार्सिलोना र नेपोलीबाट क्लब फुटबल खेलेका थिए।

डोराडोसले वेलकम डियगो भन्दै सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell