PahiloPost

May 16, 2026 | २ जेठ २०८३

सशस्त्र प्रहरीले माग्यो २०४० प्रहरी, आवेदन दिने मिति भदौ २२ देखि असोज २१ गतेसम्म



पहिलोपोस्ट

सशस्त्र प्रहरीले माग्यो २०४० प्रहरी, आवेदन दिने मिति भदौ २२ देखि असोज २१ गतेसम्म

काठमाडौँः सशस्त्र प्रहरी बल नेपालले एकैपटक २०४० जना प्रहरी माग गरेको छ। सशस्त्रले १९३६ जना प्रहरी जवान माग गरेको छ भने सशस्त्र प्रहरी परिचर अन्तर्गत ७४ जना भान्से, ८ जना कुचीकार, ८ जना सुचीकार, ४ जना चर्मकर्मी र १० जना केसकर्तक माग गरेको हो।

इच्छुक योग्यता पुगेका नेपाली नागरिकले भदौ २२ गतेदेखि असोज २१ गतेसम्म आवेदन दिन सक्ने सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले जानएको छ।

आवेदनका लागि सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक श्वयम्भु, नम्बर एक बाहीनी पकली सुनसरी, नम्बर दुर्इ बाहिनी बर्दिबास महोत्तरी, नम्बर चार बाहिनी पोखरा, नम्बर ६ बाहिनी बाङ्गेसिमल सुर्खेत, नम्बर ७ बाहिनी अत्तरिया कैलाली, तालिम शिक्षालय बर्दघाट र नौबस्ता बाँकेबाट पाइनेछ।

जवानको लागि न्युनतम ८ कक्षा पास गरे पुग्छ। जवानको लागि न्युनतम १८ वर्ष पुगि २१ वर्ष ननाघेको हुनुपर्छ भने परिचरको हकमा १८ वर्ष पुरा भइ २५ वर्ष ननाघेको हुनुपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell