PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

एपेक्स बैंक घोटाला प्रकरणः करिब डेढ अर्ब ठगीका आरोपित अध्यक्ष धिताल धरौटीमा रिहा, भन्छन् ‘सबै सुनाउँछु के-के भएको थियो’



पहिलोपोस्ट

एपेक्स बैंक घोटाला प्रकरणः करिब डेढ अर्ब ठगीका आरोपित अध्यक्ष धिताल धरौटीमा रिहा, भन्छन् ‘सबै सुनाउँछु के-के भएको थियो’

काठमाडौँः एक अर्ब ५० करोड रुपैयाँ बराबरको रकम घोटाला गरेको अभियोगमा केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पक्राउ गरेका तत्कालीन एपेक्स बैंकका अध्यक्ष विष्णु धितालसहित चार जना धरौटीमा छुटेका छन्। उच्च अदालत पाटनको आदेशमा उनीहरू छुटेका हुन्।

अदालतले धिताललाई साधारण र धरौटी तारिखमा छोड्न आदेश दिएको हो। अध्यक्ष धितालले शुक्रबार राजधानीमा एपेक्स घोटाला प्रकरणबारे आफ्नो भनाई राख्न पत्रकार सम्मेलन गर्दैछन्।

धितालले भने, ‘बैक घोटालाको ठूलै कथा छ। मैले सबै कागजपत्र तयार पारेको छु। ममाथि के भयो त्यो आज सार्वजनिक गर्छु।‘

केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले गत जेठमा अध्यक्ष धितालसहित २१ जनालाई बैंकिङ कसुर अभियोगमा पक्राउगरि दुई महिना लामो अनुसन्धापछि सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। उच्च अदालत पाटनमा बैंकिङ कसुरमा मुद्दा चलाइएको छ।

एपेक्स बकैका अध्यक्ष विष्णु धिताल, इच्छाबहादुर गुरुङ, सुवर्ण राजभण्डारी, वधुवनलाल श्रेष्ठ, ऋषिराज भट्ट, दुर्गादत्त जोशी, रामचन्द्र बसौला, विकास श्रेष्ठ, सागर न्यौपाने, मानबहादुर राउत, विनितमणि उपाध्याय, मोहन खरेल र मनोज भेटवालसहित २१ जनालाई व्यूरोको टोलीले पक्राउ गरेको थियो।

१४१ प्रतिवादीमध्ये अझै १३७ जना फरार छन्। बैङ्क डुबाउने खेलको यो जालोमा सक्रियमध्ये २१ जना मात्र प्रहरीको नियन्त्रणमा छन्। बाँकीलाई प्रहरीले खोजिरहेको जनाएको छ।

२०७२ मङ्सिरमा एपेक्स डेभलोपमेन्ट बैङ्क र नेपाल क्रेडिट एन्ड कमर्स बैङ्क (एनसीसी) मर्जको प्रक्रियामा रहेको बेला उनीहरूले योजनाबद्ध रूपमा ठगी गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो। उनीहरूले कमसल धितो, नक्कली कागजपत्र बनाएर ठगी गरेको प्रहरीको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell