PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

फ्राइडे रिलिजमा प्रदीपको ‘रोज’ पुजाको ‘रामकहानी’



पहिलोपोस्ट

फ्राइडे रिलिजमा प्रदीपको ‘रोज’ पुजाको ‘रामकहानी’

काठमाडौं : यो साता शुक्रबार प्रदर्शन अन्तर्गत दुई नेपाली फिल्म छन्। अभिनेता प्रदीप खड्का अभिनित ‘रोज’ र पुजा शर्माको ‘रामकहानी’।

फिल्म 'रोज'लाई नीरक पौडेलले निर्देशन गरेका हुन्। फिल्ममा प्रदीपसँगै मिरुना मगर, परमिता राणाको मुख्य अभनय छ। फिल्मलाई गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले निर्माण गरेको हो। क्राइम थ्रीलर बनेको फिल्मलाई नेपाल र टर्कीमा छायाँकन गरिएको हो।

त्यस्तै प्रदर्शनमा आएको अर्को फिल्म ‘रामकहानी’लाई  सुदर्शन थापाले निर्देशन गरेका हुन्। फिल्ममा अभिनेत्री पुजा शर्मा आकाश श्रेष्ठ जीतु नेपालको मुख्य अभिनय छ।  

यो साता हलिउड फिल्म ‘द नन’ नेपाल प्रदर्शनमा आएको छ। हरर जनरामा बनेको फिल्‍मलाई कोरिन हार्डीले निर्देशन गरेका हुन्। यो फिल्म कन्जुरिङ्गको फ्र्न्चाइज हो। यो साता कुनै बलिउड फिल्म नेपाल प्रदर्शनमा आएन। 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell