.jpg)
काठमाडौं : फिल्म ‘मदहोस’को प्रि-प्रोडक्सनको काम सुरु भएको छ। निर्माण टिम यतिखेर फिल्मको गीतहरु रेकर्डिङमा व्यस्त छन्। हालै फिल्मको ‘सुन ए गगन रुक जा पवन’ बोलको गीतको रेकर्डिङ भयो।
मुभी मेकर्सको ब्यानर तथा सुरज प्रधानको प्रस्तुति रहने फिल्मलाई एस.के अधिकारीको निर्देशन गर्ने भएका हुन्। फिल्ममा विक्रम कार्कीको छायाँकन र राजन महर्जनको कोरियोग्राफी रहनेछ।
फिल्ममा नवकलाकार सृजना बस्नेत दिपेन्द्र कोइराला, कसिश दाहाल, राजु पौडेल लगायतको अभिनय रहनेछ। असोज दोश्रो साताबाट फिल्म निर्माण टिम छायाँकनमा जानेछ।