
बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिपमा माल्दिभ्स र श्रीलंकाले बराबरी खेलेका छन्। समूह बी अन्तर्गत शुक्रवार बंगबन्धु नेशनल स्टेडियममा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडे।
यो बराबरीपछि तीन टिम मात्र रहेको समूह बी बाट भारत एक खेल अघि नै सेमिफाइनल प्रवेश गरेको छ। यस्तै बराबरीपछि माल्दिभ्स र श्रीलंका दुवैको सेमिफाइनल पुग्ने सम्भावना कायमै छ। माल्दिभ्स अन्तिम खेलमा भारतसँग फराकिलो अन्तरमा हारे श्रीलंका सेमिफाइनल पुग्नेछ।
माल्दिभ्सले बराबरी वा जितको नतिजा निकालेको खण्डमा भने श्रीलंका बाहिरिनेछ।
भारतले पहिलो खेलमा श्रीलंकालाई २-० ले पराजित गर्दै ३ अंक जोडिसकेको छ।
अब समूह बी को अन्तिम खेल भारत र माल्दिभ्सबीच हुनेछ। उक्त खेलमा बराबरी नतिजा निकाले पनि भारत समूह बी को विजेता बन्नेछ। हारले पनि भारत समूह उपविजेता हुादै अन्तिम चारमा पुग्नेछ।