
जर्जिन्होले पेनाल्टीमार्फत बराबरी गोल फर्काएपछि इटलीले युइएफए नेशन्स लिगमा पोल्याण्ड्ससँग अंक बाँडेको छ।
लिग ए अन्तर्गत समूह ए को खेलमा इटली र पोल्याण्डले १-१ को बराबरी खेलेका हुन्। पिओर जेलिन्स्कीले ४०औँ मिनेटमा गोल गर्दै पोल्याण्ड्लाई अग्रता दिलाएका थिए। पहिलो हाफमा इटली एक गोलले पछि थियो। तर ७८औँ मिनेटमा जर्जिन्होले गोल गरेपछि इटलीले बराबरी नतिजा निकालेको हो।
यस्तै लिग बी अन्तर्गत समूह बी को खेलमा रसियाले टर्कीलाई २-१ ले पराजित गरेको छ। रसियाका लागि डेनिस चेरिसेभ र अर्टुम जुबाले गोल गरे। टर्कीका लागि सेनेर ओज्बाराक्लीले एक गोल गरे।
यस्तै लिग सी को समूह ए मा अल्वानियाले इजरायललाई १-० ले हरायो भने समूह डी मा सर्वियाले लिथुनियालाई १-१ ले नै पराजित गर्यो। यसै समूहका रोमानिया र मोन्टेनेग्रोले गोलरहित बराबरी खेले।
लिग डी अन्तर्गत समूह सी को खेलमा फारोए आइसल्याण्डले माल्टालाई ३-१ ले हराउँदा अजवैजान र कोसोभले गोलरहित बराबरी खेले।