काठमाडौं : काठमाडौंका लागि धादिङबाट उडेको हेलिकप्टर सम्पर्कविहीन भएको छ। ६ यात्रु बोकेको अल्टिच्युड एयरको हेलिकप्टर सम्पर्कबाहिर पुगेको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।
अल्टिच्युड एयरको नाइन एन – एएलएस कलसाइन रहेको हेलिकप्टर बिहान ८ बजेदेखि नै सम्पर्कबाहिर पुगेको हो। धादिङको सत्यदेवी सामागाउँबाट काठमाडौंका लागि विमान उडेको प्राधिकरणका प्रवक्ता प्रतापबाबु तिवारीले बताए।