PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

हराएको हेलिकप्टर भेटिएको छैन : प्रहरी, को को थिए हेलिकप्टरमा हेर्नुस् सूची



पहिलोपोस्ट

हराएको हेलिकप्टर भेटिएको छैन : प्रहरी, को को थिए हेलिकप्टरमा हेर्नुस् सूची

काठमाडौं : काठमाडौंका लागि गोरखा सामागाउँबाट उडेको हेलिकप्टर अझै फेल परेको छैन।

जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्यामकुमार महतोले हेलिकप्टर खोजी भइरहेको  जानकारी दिए। उनले भने, 'हामीले प्रहरी परिचालन गरिरहेका छौं। तर अहिलेसम्म भेटिएको छैन।

६ जना यात्रु बोकेको अल्टिच्युड एयरको हेलिकप्टर बिहानदेखि सम्पर्कबाहिर पुगेको नागरिक उड्ययन प्राधिकरणले जनाएको थियो।

अल्टिच्युड एयरको नाइन एन – एएलएस कलसाइन रहेको हेलिकप्टर बिहान ७:४० मा उडेको थियो। 

गोरखाको सामागाउँमा ४ चिनियाँलाई उतारेर काठमाडौं फर्किँदै गरेको हेलिकप्टरमा एक जापानी नागरिक र ५ नेपाली यात्रु थिए। 

हेलिकप्टरमा रहेकाहरु 

पाइलट : निश्चल केसी
जापानी : हिरोमी कोमात्सु

नेपालीहरु :
दिल्लीबहादुर गुरुङ
हिरा शेर्
ल्हो आनि डोल्पाडिकी
छोवाङ नुर्वु
सुनिल तामाङ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell