PahiloPost

Nov 12, 2025 | २७ कात्तिक २०८२

दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार यात्रु डोल्माको फोनः म सकुशल छु...



वसन्तराज उप्रेती

दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार यात्रु डोल्माको फोनः म सकुशल छु...

काठमाडौं: काठमाडौंका लागि गोरखा सामागाउँबाट उडेको हेलिकप्टर अझै फेला पर्ने सकेको छैन। तर हेलिकप्टरमा रहेकी एक यात्रुलेले भने नागरिक उड्ययन प्राधिकरणमा फोन गरेर आफू सकुशल रहेको बताएकी छिन्।

ल्हो आनि डोल्माले फोन गरे आफू सकुशल भएको बताएकी हुन्। प्राधिकरणको हवाइ सुरक्षा विभागमा कार्यरत एक कर्मचारीले पहिलोपोस्टलाई जानकारी दिँदै भने,' उहाँले आफु त्यही हेलिकप्टरको यात्रु भएको र सशुकल रहेको बताउनु भयो। उहाँले धेरै बोल्न सक्नु भएन। फोन आफै काटियो। हामीले फेरी सम्पर्क गर्ने खोज्दा सम्पर्कै भएन।'

यता जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्यामकुमार महतोले हेलिकप्टर खोजी भइरहेको जानकारी दिएका थिए। उनले भने, 'हामीले प्रहरी परिचालन गरिरहेका छौं। तर अहिलेसम्म भेटिएको छैन।' डिएसपी महतोले हेलिकप्टर नुवाकोटको मेघाम भन्ने ठाँउमा दुर्घटना अवस्थामा रहेको अपुष्ट जानकारी आएको बताए।

अल्टिच्युड एयरको नाइन एन – एएलएस कलसाइन रहेको हेलिकप्टर बिहान ७:४० मा उडेको थियो।

गोरखाको सामागाउँमा ४ चिनियाँलाई उतारेर काठमाडौं फर्किँदै गरेको हेलिकप्टरमा एक जापानी नागरिक र ५ नेपाली यात्रु थिए। हेलिकप्टरमा पाइलट निश्चल केसी, जापानी नागरिक हिरोमी कोमात्सु, दिल्लीबहादुर गुरुङऽ हिरा शेर्, ल्हो आनि डोल्पाडिकी, छोवाङ नुर्वु र सुनिल तामाङ रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell