PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

प्रहरीमाथि छानवनि गर्ने कुनै समिति गठन भएको छैनः  गृहमन्त्री थापा



पहिलोपोस्ट

प्रहरीमाथि छानवनि गर्ने कुनै समिति गठन भएको छैनः  गृहमन्त्री थापा

काठमाडौँ : गृहमन्त्री रामबहादुर थापाले प्रहरीको अनुगमन गर्न कुनै पनि समिति गठन नभएको बताएका छन्।

शनिवार गोरखामा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले समिति गठन भयो भन्ने हल्ला मात्र भएको बताएका हुन्। गृहमन्त्री थापाले भने, 'कुनै पनि प्रहरीलाई अनुगमन गर्ने समिति बनेको छैन। गृहमन्त्रालयले सधैँ प्रहरीको अनुगमन गरिरहेकै छ। यो एउटा भ्रम सिर्जना गर्ने र सुरक्षा निकायलाई उत्तेजित गराउने काम भएको हो।'

गृहमन्त्री थापाले कञ्चनपुरमा भएको निर्मला घटना प्रकरण चाँडै टुङग्गोमा पुर्याेउने समेत दाबी गरे। घटनाको अनुसन्धान र छानबिन गर्ने सरकारले टोली गठन गरेर काम गरिरहेकाले चाँडै हत्याराको पत्ता लाग्ने बताए।

त्यस्तै गृहमन्त्री थापाले सुन प्रकरण छानबिन नसेलाएको बताएका छन्। गृहमन्त्री थापाले भने, 'सेलाएको छैन। सुन तस्करीको छानविनमा राज्य सफल भएको छ। सुन तस्करीको जाल पूर्ण ध्वस्त बनाइएको छ।'

३८ सय किलो सुन प्रकरणमा जोडिएका  बाँकी व्यक्तिलाई पनि चाँडै कानुनको कठघरामा ल्याउने दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell