PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

दर खान गएकाको डुङ्गा डुब्दा एकको मृत्यु, पाँच वेपत्ता



पहिलोपोस्ट

दर खान गएकाको डुङ्गा डुब्दा एकको मृत्यु, पाँच वेपत्ता

काठमाडौँ : पोखराको बेगनास तालमा ढुङगा पल्टिँदा एक जनाको मृत्यु भएको छ। पानीमा डुबेर कृष्णकुमारी बजगाँइको मृत्यु भएको हो। उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन्द्र गुरुङले बताए।

ढुङगामा सवार पाँच जना भने अझै वेपत्ता छन्। ढुङगामा ९ जना यात्रु रहेको तीन जनाको उद्धार गरिएको र वेपत्ताहरुको खोजी भइरहेको गुरुङले बताए। डिएसपी गुरुङले भने, 'हामी वेपत्ताहरुको खोजी गरिरहेका छौं।'

उनीहरु आफन्तकोमा तिजको दर खान जाँदै गरेको प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell