PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

अपडेटः सात घन्टापछि हराएको हेलिकप्टरको 'टेल रोटर' जंगलको बीचमा देखियो



पहिलोपोस्ट

अपडेटः सात घन्टापछि हराएको हेलिकप्टरको 'टेल रोटर' जंगलको बीचमा देखियो

काठमाडौँ: काठमाडौँका लागि गोरखा सामागाउँबाट उडेको हेलिकप्टर करिब सात घण्टापछि लोकेट भएको छ।

काठमाडौँबाट खोजी कार्यको लागि गएको हलिकप्टरको सहायताले भेटिएको हो। धादिङ र नुवाकोटको सिमाना पर्ने जङ्गलको बीचमा हेलिकप्टर देखिएको नागरिक उड्ययन प्राधिकरण हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले पहिलोपोस्टलाई जानकारी दिए। उनले भने, 'हेलिकोप्टरको पछाडिको भाग (टेल रोटर) क्षति भएको आकाशबाट देखिएको छ।'

घना जङ्गल भएकाले उद्धारमा केही समस्या भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्याम महतोले सूचना आएकाले सुरक्षा टोली पठाएको बताए। त्यस्तै हराएको हेलिकप्टर खोज्न गएका केही व्यक्ति समेत सम्पर्कविहिन भएका छन्। 

६ जना यात्रु बोकेको अल्टिच्युड एयरको हेलिकप्टर बिहानदेखि सम्पर्कबाहिर पुगेको नागरिक उड्ययन प्राधिकरणले जनाएको थियो। अल्टिच्युड एयरको नाइन एन – एएलएस कलसाइन रहेको हेलिकप्टर बिहान ७:४० मा उडेको थियो।  गोरखाको सामागाउँमा ४ चिनियाँलाई उतारेर काठमाडौँ फर्किँदै गरेको हेलिकप्टरमा एक जापानी नागरिक र ५ नेपाली यात्रु थिए। हेलिकप्टरमा पाइलट निश्चल केसी, जापानी नागरिक हिरोमी कोमात्सु, दिल्लीबहादुर गुरुङऽ हिरा शेर्, ल्हो आनि डोल्पाडिकी, छोवाङ नुर्वु र सुनिल तामाङ रहेका छन्।
दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार यात्रु डोल्माको फोनः म सकुशल छु...



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell