PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

८ हजार ५ सय घन्टा ककपिटमा बिताएका निश्चलको लास्ट फ्लाइट



पहिलोपोस्ट

८ हजार ५ सय घन्टा ककपिटमा बिताएका निश्चलको लास्ट फ्लाइट

सविन ढकाल/बसन्तराज उप्रेती
काठमाडौँ : काठमाडौँका लागि गोरखा सामागाउँबाट उडेको हेलिकप्टर दुर्घटना अवस्थामा हराएको करिब ८ घण्टापछि फेला पर्‍यो। भाग्यले हेलिकप्टरमा सवार गोरखा चुमनव्री गाउँपालिका २ ल्होकी आनी होल्मा भने बाँच्न सफल भइन। बाँकी छ जनाको भने ज्यान बचेन।

अल्टिच्युड एयरको हेलिकप्टर पाइलट निश्चल केसीले अरूलाई मात्र होइन आफैलाई समेत बचाउन सकेनन्। ४० वर्षीय केसी पाइलको रूपमा निपूर्ण र अनुभवीमा गनिन्थे। जिन्दगीका २ दशक उनले हेलिकप्टरको ककपिटमा नै बिताए। उनको मृत्यु पनि त्यही ककपिटमा नै भयो।

८ हजार ५ सय घन्टा उडान भरिसकेका अनुभवी पाइलट हुन्। ‘उहाँ सुरक्षित रुपमा उडान गर्ने पाइलटका रुपमा परिचित हुनुहुन्थ्यो,’ अल्टिच्युट एयरका प्रवन्ध निर्देशक निमा नुरु शेर्पाले भने, ‘अनुभवका हिसाबले पनि परिपक्व।’

निश्चलले अल्टिच्युड हेलिकप्टर उडान भर्न थालेको एक वर्ष मात्र भएको थियो। उनी कम्पनीमा एकवर्ष अघि मात्र आबद्ध भएका थिए। उनी कम्पनीको प्रमुख चालक समेत हुन्। रसियन हेलिकप्टर एम आइ १७ बाट उनले आफ्नो उडान यात्रा सुरु गरेका थिए।
‘यति परिपक्व व्यक्ति गुमाउनुपर्दा धेरै दु:ख लागेको छ,’ शेर्पाले भने।

चालक केसीले त्यसपछि मनाङ एयरलाइन्सको हेलिकप्टर, सिम्रिक र श्री एयरलाइन्समा समेत काम गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell