
बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप अन्तर्गत शनिवार भएको समूह ए को खेलमा पाकिस्तानले भुटानलाई ३-० ले पराजित गरेको छ।
पाकिस्तानको लागि मोहम्मद रियाज, हसन बसिर र फहिमले गोल गरे। समूहमा दुई खेल जितेपछि पाकिस्तान सेमिफाइनल नजिक पुगेको छ।
समूहमा दोस्रो जित हात पारेको पाकिस्तानले ६ अंक जोडेको छ। दुई खेल खेलेको आयोजक बंगलादेशको ६ अंक नै छ। आजै समूह ए अन्तर्गत नेपालले आयोजक बंगलादेशसँग आज ६:४५ बजे खेल्नेछ।
नेपाल र बंगलादेशबीचको खेल बराबरी भए बंगलादेश समूह विजेता र पाकिस्तान समूह उपविजेता हुँदै सेमिफाइनल पुग्नेछ। नेपालले बंगलादेशलाई पराजित गरेको खण्डमा भने तीन वटै ६ोलीको समान ६ अंक हुनेछ र यस्तोमा हेड टु हेड र गोलअन्तर निर्णायक हुनेछ।
यसअघिको दुई खेलमा एक जित र एक हारको नतिजा निकालेको नेपालको ३ अंक मात्र छ र अब सेमिफाइनल पुग्न नेपालले बंगलादेशलाई पराजित गर्नैपर्ने बाध्यता रहेको छ। पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो।
लगातार ३ खेल हार्दै अंकविहिन रहेको भुटान भने समूह चरणबाट बाहिरिएको छ।
अंक तालिका:
देश खेल जित हार अंक
बंगलादेश २ २ ० ६
पाकिस्तान ३ २ १ ६
नेपाल २ १ १ ३
भुटान ३ ० ३ ०