
कान्तिपुर फिटनेशका बिसन गुरुङले 'तेश्रो जिल्लाब्यापी मिष्टर काठमाडौँ शारीरिक सुगठन, महिला फिटनेस तथा दोस्रो जुनियर मि.काठमाण्डौ शारीरिक सुगठन प्रतियोगिता-२०७५' को उपाधि जितेका छन्।
काठमाण्डौ जिल्ला बडिबिल्डिङ एण्ड फिटनेश संघको आयोजनामा भएको प्शरतियोगिता ७५ केजी तौल समूहका विजेता बिसनले अन्य समूहका विजेतालाई ओभरअल मा पछि पार्दै मि. काठमाण्डौ हुन सफल भएका हुन्। उनले नगद १ लाख, ब्यानेट र ट्रफी प्राप्त गरे। यस्तै बिसनले आफ्नो तौलमा समेत प्रथम स्थान हात पार्दै नगद १० हजार प्राप्त गरेका थिए।
प्रतियोगितामा बेष्ट पोजरको उपाधी उदित श्रेष्ठले प्राप्त गरे। शंखमुल हेल क्लब तथा फिटनेश सेन्टरका उनले नगद १० हजार सहित ट्रफी पाए।
यस्तै तेश्रो महिला फिजिक फिटनेश अन्तर्गत भएको प्रतियोगिता अन्तर्गत मसल्स वर्ल्ड फिटनेशकी शोभा मानन्धर पहिलो भइन्। उनले स्वर्ण पदक पाइन्। डिभाइन फिजिकलकी सुजिता मानन्धरले रजत र मसल एण्ड फिटनेशकी सनम मुलगुठीले कास्य पाइन। पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमश ३० हजार, १५ र ५ हजार प्राप्त गरे।
राष्ट्रिय नाचघरमा भएको प्रतियोगिताअन्तर्गत दोश्रो जुनियर मि. काठमाडौँको उपाधि प्याराडाईजका किशोर कार्कीले जिते। उनले फिटनेश फस्र्टका मनिष बज्राचार्यलाई पछि पारेका हुन्। तेश्रो स्थानमा फिटनेश प्लसका राज खड्का रहे। उनीहरुले क्रमश ३० हजार, १५ हजार र ५ हजार प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिमा अध्यक्ष एवं प्रतिनिधी सभाका सांसद जीवन राम श्रेष्ठले पुरस्कार वितरण गरे।
विभिन्न विधामा शीर्ष तीनमा रहेका खेलाडी
५५ केजी तौल :
मसल मेनिया फिटनेशका आवाज प्याकुरेल पहिलो
पाराडाईज फिटनेशका सुरज तण्डुकार दोस्रो
फ्लेक्स जिमका सुजन गुरुङ तेश्रो
६० केजी तौल
टोटल फिजिकल फिटनेशका किशन दास दिवाकार पहिलो
न्यू फ्लेक्सका एण्ड फिटनेशका सुरेश मुनिकार दोस्रो
फिटनेश स्टुडियोका अशोक कुमार घिमिरे तेस्रो
६५ केजी तौल
डिभाईन फिजिकल फिटनेशका प्रज्वल मान शाक्य पहिलो
सेप्स टु ढल्कोका बिवेक बिष्ट दोस्रो
फिटनेश फस्र्टका अमर गमाल तेस्रो
७० केजी तौल
अक्सफोर्ड जिम एण्ड फिटनेशका समिर श्रेष्ठ पहिलो
मोसल्स एण्ड फिटनेशका अमित कुमार मण्डल दोस्रो
फिटनेश स्टुडियोका सुपेन डङ्गोल तेस्रो
७५ केजी तौल
कान्तिपुर फिटनेशका विशन गुरुङ पहिलो
सेप्स टुका उज्जल बज्राचार्य दोस्रो
न्यू फ्लेक्सका रुजल शाही तेस्रो
७५ केजी माथी
न्यू फ्लेक्स एण्ड फिटनेशका नरेश मालाकार पहिलो
जी फिटनेशका राजन बानिया दोश्रो
डिभाईन फिजिकलका मोहित कार्की तेस्रो